मोरङ बुढिगंगा गाउँपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी, विराटनगरले जनाएकाे छ ।
कार्यालयका अनुसार प्रहरी चौकी कोयलपुरबाट घटना स्थल पुगेकाे प्रहरी टोलीले घटनाकाे थप अनुसन्धान गरिरहेको छ ।