धरानको मुख्य बजार क्षेत्रमा सवारी चाप कम गर्न उपमहानगरपालिकाले वान वे सञ्चालन गर्ने भएको छ ।
धरान १२ भानुचोकदेखी धरान १३ लक्ष्मीचोकसम्मको बाटोमा असोज १ गतेबाट वान वे सञ्चालन गर्ने उपमहानगरपालिकाले एक सूचना जारी गरी जनाएको छ ।
जसकालागी लक्ष्मीचोकदेखि भौडी हुँदै भानुचोकसम्म सडक छेउछाउमा रहेका अव्यवस्थित तारहरूले यातायात आवागमनमा बाधा उत्पन्न हुने भन्दै उक्त सडकखण्डमा रहेका अव्यवस्थित तारहरूलाई यथाशीघ्र व्यवस्थापन गर्न उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ ।