पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसायिक उडान गर्ने भएको छ।  

उक्त एयरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुनेछ।  प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ।   

विमान ९ए ३२०० ले सेप्टेम्बर १३ मा  इस्लामावाद देखि काबुलको उडान गर्ने छ ।