धरान । कोरोनाको अति जोखिमयुक्त क्षेत्र भन्दै हङकङले नेपालबाट हुने हवाई यात्रा बन्द गरेपछि हङकङ फर्कन नपाएका हङकङ परिचयपत्र वाहक (हङकङ आइडी) नेपालीहरू अव भने फर्कन पाउने भएका छन् ।

महामारी सुरु भएपछि विभिन्न कारणले हङकङमा  भ्याक्सिन लगाउन नपाई  पारिवारिक तथा व्यावसायिक कारणले नेपाल आएका  करिब एक हजार हङक आइडी वाहक नेपाली लामो समयदेखि नेपालमै अड्किएर रहेका छन् ।

उनीहरूलाई  पुनः हङकङ फर्काउन पटक–पटक फर्काउन पटक–पटक सरकारलाई आग्रह गरिरहेको भए पनि शुक्रबार हङकङ सरकारको फुड एण्ड हेल्थ व्यूरो इस्ट वीङ सेन्ट्रल गभर्नमेन्ट अफिसमा भएको छलफल  उपलब्धि मूलक भएको हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष तथा नेप्लीज सर्भिस सेन्टरका इन्चार्ज रिता गुरुङले बत्ताएकी छिन् । 

उनका अनुसार  शुक्रबार हङकङ सरकारको फुड एण्ड हेल्थ व्यूरो इस्ट वीङ सेन्ट्रल गभर्नमेन्ट अफिसमा भएको छलफलपछि हङकङ आइडी वाहकलाई आउन दिने जानकारी दिएको हो ।

उनले भनिन्, ‘ नेपाल गएकाहरूलाई फर्काउनका लागि महासंघले हङकङ सरकारलाई पटक–पटक ज्ञापन पत्र बुझाएका थियौँ । सरकारका सांसदहरुसँग छलफल र अन्तरक्रिया गर्दै आएका थियौँ । त्यसको परिणाम हङकङ सरकारले हाम्रो कुरा सुन्यो र नेपालमै भ्याक्सिन लगाएका हङकङ आइडी वाहकलाई फर्किन दिएको छ ।’

यसअघि नेपालमा कोरोना विरुद्धको खोप लगाए पनि हङकङ सरकारले मान्यता दिएको थिएन ।


शुक्रबार नै  हङकङ सरकारकाे  स्वास्थ्य तथा खाद्य व्युरोमा नेपाली प्रतिनिधि बोलाएर उनीहरूको समस्याका बारेमा जिज्ञासा राखेको थियो ।

स्थायी बासिन्दालाई मात्र आउन दिने भएपछि आइडीवाहकमा आश्रित, भ्याक्सिन नलगाएका जटिल रोग भएका व्यक्ति र नेपालमा भ्याक्सिन नलगाएका १८ वर्ष मुनिका बालबालिकालाई पनि आउन दिनुपर्ने वातावरण बनाउन आफूहरूले माग गरेको गुरुङले बताइन् ।

तर स्वास्थ्य तथा खाद्य ब्युरो प्रमुख डा टिवाइ चुइले त्यसको पनि क्रमशः व्यवस्था गर्दै जाने बताउँदै, समस्या सुनिसकेपछि सरकारी ग्याजेटमा तत्काल सार्वजनिक गर्दै राेकिएका परिचयपत्र वाहकहरूले हङकङ फर्किन पाउने व्यवस्था गरेको गुरुङले बताइन् । 

समस्या सुनिसकेपछि सरकारी ग्याजेटमा तत्काल सार्वजनिक गर्दै रेकिएका परिचयपत्र वाहकहरूले हङकङ फर्किन पाउने व्यबस्था गरेको गुरुङले बताइन् । 

 ‘हङकङ सरकारले केही सर्त राखेको छ ।  ’ उनले भनिन्  ‘ नेपालमा भ्याक्सिन लगाए पनि हङकङ आउनेहरूले २१ दिन होटेल क्वारेन्टीनमा बस्नु पर्ने हुन्छ । सेप्टेम्बर १५ तारिख फर्किन  पाउने भएका छन् । तर, त्यसका लागि कोरोना संक्रमण भए नभएको पिसिआर जाँच ७२ घण्टा भित्र दुई पटक गरेको हुनु पर्ने र रिपोर्ट नेगेटिभ आएको हुनु पर्ने छ । ’ 

ब्युरोको बैठकमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली पनि सहभागी थिए ।  उक्त अवसरमा महासंघका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली र गुरुङले नेपालीहरूलाई डोमेस्टिक भिसा उपलब्ध गराउन पनि मागसहित ज्ञापन पत्र बुझाएका थिए ।

हङकङमा समुदायस्तरमा कोरोना संक्रमण शून्य छ । तर बाहिरबाट आएका व्यक्तिहरूमा फाट्टफुट्ट देखिएकाले पिसिआर जाँच र होटेल क्वारेन्टाइन कडारुपमा लागु गरेको गुरुङले बताइन् ।