सङ्खुवासभा । जिल्लाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकुलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । उत्तर–दक्षिण कोसी राजमार्गमा को १ क ४१२ नम्बरको भ्याकुलोडर दुर्घटना हुँदा खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

घटना बिहीबार दिउँसो भएको हो । निर्माणाधीन उत्तर–दक्षिण कोसी राजमार्गको मकालु–३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्शनको भ्याकलोडर दुर्घटना भएको हो । चालक घर बिदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए ।

सडकबाट अन्दाजी सय मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्र्याकटर चालक थिए । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ ।