विराटनगर । विराटनगर – ९ बसपार्क अगाडी एक जना पुरूष मृत अवस्थामा फेला परेका छन् । आज दिउँसो ४० –४५ वर्ष उमेर देखिने पुरूष मृत भेटिएका हुन् ।

मृतकको पहिचान खुलिनसकेको मोरङ प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा छ ।

मृतक पुरूष आज विहान बसपार्क तिर हिडडुल गर्दै आएको स्थानियले देखेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।