धरान  : इलाका प्रहरी कार्यालय धरानले चोरी  गरेको आरेपमा दुई महिलाहरुलाई पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा इटहरी -१७ बस्ने ३६ वर्षीया नाजुमा खातुन र  ३२ वर्षिया गिता खातुन रहेको धरान प्रहरीले जनाएको छ । 

धरान -३ माछाभौडीबाट वृद्ध इन्द्रमाया थापाको झोला चोरी गरेर  भागेका दुई महिलाहरु शान्तिपथबाट पक्राउ परेका हुन्।  

इन्द्रमायाका छोरा  रबिन्द्रले  दिएको उजुरीको आधारमा  २२ गते प्रहरीले  महिलाहरुलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीले दिएको  जानकारी अनुसार चोरी भएको झोलामा नगद १ हजार रुपैयाँ  र १ थान सुन जस्तो देखिने पहेलो धातु फेला परेको हो । 

पक्राउ परेका दुबै महिलाहरुलाई चोरी मुद्यामा म्याद थप गरी  अन्य अनुसन्धान  कार्य गरिरहेको प्रहरीको भनाई छ । 

पक्राउ परेका महिलाहरुको कुनै पनि परिचय पत्र नभएकाले  उनीहरुले  प्रहरीलाई आफ्नो नाम  सहि नबताएको हुन सक्ने  प्रहरीले जनाएको छ । 

मुसलिस समूदायका  महिलाहरु इटहरीबाट धरान आफन्तकोमा आउँदा  वृद्धको झोला चोरी गरेको बुझिएको छ ।