मकाउ । नेपाली जनसम्पर्क समिति मकाउको चौथो अधिवेशनबाट सभापतिमा चण्डी योङया निर्विरोध चयन भएका छन् ।

मकाउ स्थित मेट्रोपोल होटलमा सम्पन्न अधिवेशनबाट योङ्या चयन भएका हुन् । नेपाली जनसम्पर्क समिति मकाउका कार्यवाहक सभापति समेत रहेका योङयाको अध्यक्षतामा भएको अधिवेशनबाट नयाँ कार्यसमितिका सभापति योङ्या, वरिष्ठ उपसभापति निर्मला थापा मगर, उपसभापति निर्मल उप्रेती, महामन्त्री विनय गुरुङ, महामन्त्री नवराज पराजुली, सहमहामन्त्री पदम बुढाथोकी, सहमहामन्त्री गणेश बराल, सहमहामन्त्री जनक उप्रेती, सचिव कुमार तिमल्सिना, कोषाध्यक्ष मोहन सिह पन्त, सहकोषाध्यक्ष संगीता खनाल, प्रबक्ता ज्ञानेन्द्र राउत, सदस्यहरुमा इश्वर गुरुङ, राजकुमार हरीजन, प्रदिप खत्री, निरज गुरुङ, अमर लिङदेन, सन्देश लिम्बु, भुबल गुरुङ, रुपेश पाख्रिन, सन्देश पौड्याल, भरत भट्टराई, किरण क्षेत्री, राम शर्मा र मकर दहाल गरी २५ सदस्यीय  नयाँ कार्यसमिति गठन गरिएको हो ।

जनसम्पर्क समिति मकाउका पूर्वसभापति, नेपाली जनसम्पर्क समितिका संरक्षक सदस्य सुदर्शन थापा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकाउका स्थानीय सांसद जोसे परेरा कोटिन्ह्रो र स्थानीय मकाउका महासभाका अध्यक्ष रिता सन्तोषा विशेष अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा अतिथिहरुले नयाँ कार्यसमितिलाई कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, मकाउमा गठीत जनप्रगतिशिल मञ्च मकाउ, किरात राई यायोक्खा मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, तामाङ घेदुङ सङ्घ मकाउ, नेपाल आदिबासी जनजाति महासङ्घ मकाउ, मगर सङ्घ मकाउ, तमु गुरुङ समाज मकाउ र शेर्पा समाज मकाउका प्रतिनिधिहरुको उपस्थित थिए ।