धरान :  नेपाल टेलिकमले  धरान १४ विजयपुर डाँडाका एरियामा NTC टावर संचालनमा ल्याएको छ   

 विजयपुरमा  सोमबार देखि ३ जी सेवा सहितको टावर संचालनमा आएको धरान शाखाका प्रमुख विनोद यादवले जानकारी दिए ।  उनले केही दिनमा ४ जी  सेवा सहितको टावर संचालनमा आउने बताएका छन्। 

 धरान कार्यालयबाट विद्युत मर्मत संम्भार कार्य मात्र हुने भएकाले बनेको टावर ७ महिना  पछि  संचालनमा आएको हो । विजयपुरको मण्डप चौकमा गणेश भण्डारीको जग्गामा  राखिएको ३५ मिटर अग्लो नेपाल टेलिकमको टावर नेपाल टेलिकमले संचालनमा  ल्याएको हो । 

वाइरलेस  निर्देशनालय काठमाण्डौका  प्रोजेक्ट म्यानेजर प्रेम  सिलवाले कर्मचारीहरु कोरोना संक्रमित भएकाले  संचालनमा आउने भनिएको टावर  संचालनमा ढिला भएको जानकारी दिए ।  

टेलिकमले ढिलोमा पनि गत बैशाख देखी फोर जी  सेवा सहितको टावर संचालनमा ल्याउने भने पछि खुसी भएका टेलिकमका प्रयोगकर्ता विजयपुरवासीहरु भदौ  २० गते  सम्म पनि टावर संचालनमा नआउँदा ठुलो समस्यामा परेका  थिए । ढिलै भए पनि  टेलिकमले टावर नटिप्ने समस्याको सावधान  गरिदिए पछि  विजयपुरवासीहरुमा बेग्लै खुसी आएको छ । 

गाउँमा NTC टावर  समस्या  भएकालले विद्यार्थी जानुका राई, रुविना विक, समिना आर्चाय,  अनिष थापा  लगायतका विद्यार्थी अनलाइन कक्षा लिन साथीको घर  जान बाध्य भएको बताउने विद्यार्थीहरु पनि टावर संचालनमा आए पछि खुसी  भए । 

५ किलोमिटरको सर्कलमा राखिएको उक्त टावरको फोर जी सेवा आउँदा डाडागाउँ चौक, दन्तकाली मन्दिर, विजयपुरको मन्डप चोक, दुईधारे पथ, तिनधारे टोल, पिण्डेश्वर मन्दिर एरियामा  र बुढासुब्बा मन्दिर आसपासका व्यत्तिहरु लाभग्राही  भएका छन्। 

प्रविधीको परिवर्तन सँगै शहरी क्षेत्रमा पनि  फोन सबैले सबै ठाउँमा फोन चलाउन  सक्ने गरी सेवा   प्रदान गर्न  नसक्ने र निवेदन दिदापनि कुनै चासो नदेखाउने  टेलिकमको गैरजिम्मेवारी पन भएको भन्ने आम जनताको गुनासोलाई टेलिकमले ढिलै भए पनि सेवा विस्तार  गरिदिएको छ । 

धरान–१४ मण्डप चौक निवासी पूर्व प्रमुख जिल्ला अधिकारी कृष्ण कोइराला भन्छन्  ढिलै भए पनि टावर  संचालनमा आयो  हामी खुसी नै छौ । 

टावरको प्रतीक्षामा रहेका विजयपुरबासी टेलिकमका प्रयोगकर्ता प्रा. डा. राजेन्द्र शर्मा भन्छन् धरानको चर्चित ठाउँ विजयपुरमा मोबाइल सेवा अवरुद्ध हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर, यर्थाथ थियो ।  लामो  प्रतिक्षा पछि टावर  संचालनमा आएको छ, हामी खुसी भएका छौ ।

सरकारी स्वामित्वको संस्था हो भनेर यहाँ कार्यरत कर्मचारीले आएका गुनासोहरुलाई बेवास्था गर्दा सेवा प्रवाहको गुणस्तरीयतामा कमी हुँदा ल्त्ऋ  प्रयगकर्ता पनि निजी क्षेत्रको  ल्अभिि फोन सेवा प्रवाहमा आकर्षित भएर  सेवाग्राही सर्ने क्रम बढेको छ ।  निजी क्षेत्रको प्रतिस्पर्धा झन तीव्र भएको छ । भने    लेनलाइनमा सेवामा सेवाग्राही सन्तोषजनक भएपनि  फोन र  वाइफाईको सेवा सुविधा प्रवाहमा असन्तोषजनक भएको पाइन्छ ।