पथरी । वैदेशिक रोजगारको लागि मलेसिया रहेका लालबहादुर विश्वकर्मा आफ्नो परिवारसँग सम्पर्क विहीन भएको छ ।

मोरङ कानेपोखरी गाउँपालिका –४, स्थित पिङ्डाँडाका ३१ बर्षिय लालबहादुर लामो समयदेखि आफ्ना घरपरिवारसँग सम्पर्क विहीन भएको हो । लालबहादुरको बुबा छत्रबहादुर बिश्वकर्मा छोरो विदेशबाट घर आउने आशमै १२ बर्ष वितिसकेको बताउँछन् ।

घरको दुःखलाई सुखी परिवारमा बदल्न १९ बर्षको उमेरमा मेनपावरमार्फत् मलेसियाको जोहोरबारूस्थित जेसिवाइ कम्पनीमा काम गर्दै आएका थिए ।

घरबाट हिडेपछि परदेशमा हुँदा दुई बर्षसम्म त सम्पर्क हुन्थ्यो, त्यसपछी अहिलेसम्म न फोन सम्पर्क छ, न अत्तोपतो भन्दैँ दुखेसो पोख्छ्न उनका बुबा छत्रबहादुर । उनी भन्छ्न ‘आज आउँछ कि भोलि आउँछ भनी पर्खिदाँ, पर्खिदै धेरै बर्ष बितिसकेछ, आफुले चिने जानेको सबैसँग बुझिसँके तर पत्ता लागेन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो ।’

परिवारको जेष्ठा छोरा लालबहादुर २०६७ साल असार ८ गते घरबाट हिडेको उनी आमा हरिमाया बिश्वकर्माले बताइन् । उनीले विदेश र स्वदेशमा खोजिदिन आग्रह पनि गरेकी छिन् । लालबहादुर कलिलो उमेरमै ४ बर्षसम्म जनमुक्ति सेनामा पनि भएका थिए । 

लालबहादुरलाई प्रेम श्रेष्ठ मार्फत् बैदेशिक रोजगारको लागि मलेसिया पठाएका थिए । लालबहादुर अहिले सम्म नआउँदा उनको परिवारले देखे, भेटे खबर गरिदिनुहुन सम्पूर्ण देश तथा विदेश रहनुभएका नेपालिहरू समक्ष अनुरोध गरेका छन् ।

परिवारको सम्पर्क नं.: ९८११०६३८३५ र ९८२३३७९६८२