मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ वर्षीय अनिश श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।

बुधबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर कोठाबाट ट्रामाडोल१५८ क्याप्सुल, स्पेनिस१४ ट्याब्लेट नामक प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै रतुवामाई नगरपालिका २ घरुचौक इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ वर्षीय माधव श्रेष्ठलाई नाइट्रोभेट६६० र कोरेक्स–डिएक्स १ बोतल लागूऔषधसहित पक्राउ गरेको छ । 

सोही स्थानमा बुधबार राति सवा १० बजे सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ आउँदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधि स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ वर्षीय समीर मगर, झापा दमक–१४ का  २९ वर्षीय अब्दुल आमिर खान र उर्लाबारी–५ का २४ वर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।