यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाले फ्री वाइफाइ जोन संचालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र यासोक बजारमा फ्री वाइफाइ जोन संचालनमा ल्याएको हो । आर्थिक वर्ष २०७७/०७८ को ३७ हजार ६ सय ४५ रुपैयाँबाट फ्री वाइफाइ जोन सेवा संचालनमा ल्याएको गाउँपालिकाका सुचना अधिकारी देबेन्द्र कटुवालले बताए ।
“प्रविधिको सहि सदुपयोग गरौं, उचित फाइदा लियौंं । भन्ने मुल नारा सहित गाउँपालिकाले फ्री वाइफाइ जोन संचालनमा ल्याएको हो । बजारको बीच केन्द्रमा टेकमाइन्ड इन्टरनेटको ४५ एमबिपिएस क्षमताको वाइफाइ सेवा संचालन गरेको कटुवालको भनाइ छ ।
गाउँपालिकाले सुचना र प्रविधिलाई प्रभावकारी बनाउँन वाइफाइ सेवा संचालनमा ल्याएको जनाएको छ । गाउँपालिकामा सुबिसु, टेकमाइन्ड, वल्ड लिङ्क र एडिएसएल इन्टरनेट सेवा प्रदायक संस्थाले नागरिकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएका छन ।