भद्रपुर/ झापाको अर्जुनधारा ६ मा करेन्ट लागेर मृत्यु भएको अबस्थामा महिलाको शव फेला परेको छ ।
ट्रान्सफर्मरमुनि ४५ वर्षिया सावित्री खड्का विश्वकर्माको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको । करेन्ट लागेको अबस्थामा ट्रान्सफर्मरमुनि पोलको छेउमा महिलाको शव सोमबार बिहान फेला परेको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।
शनिबार साँझ श्रीमानसँग सामान्य झगडा भएपछि घर छोडेर निस्किएकी सावित्राको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको बुझिएको उनले बताए । शनिबार साँझ सामान्य झगडा भएपछि उनी घर छोडेर निस्किएको उनका श्रीमान नारायण विश्वकर्माले बताएको उनले जनाए । घरबाट निस्केपछि आफूले खोजी गर्दा फेला नपरेको श्रीमान नारायणले बताएको उनको भनाइ छ ।
घटनाबारे अनुसन्धान थालिएको उनले बताए । मृतकका श्रीमान नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । महिलाको करेन्ट लागेर मृत्यु भएको हो वा अरु नै कारणले भएको हो भन्ने पोष्टमार्टम रिपोर्टबाट थाहा हुने उनले बताए । शवलाई पोष्टमार्टमको लागि लगिएको उनले जानकारी दिए ।