अस्ट्रेलियाको न्यु साउथ वेल्समा कोभिड १९ का १२९० नयाँ संक्रमित फेला परेका छन् । चार जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । भिक्टोरियामा आजै बिहान ७३ नयाँ संक्रमणको सूचना दर्ता भएको छ । ५२ जना संक्रिय संक्रमित रहेको नाइनन्युजले उल्लेख गरेको छ । 

मेजर गोल्ड कोस्ट हाइवे बन्द गरिएपछि अनिवार्य कोरोना भाइरसको खोपको विरोध गरिरहेका क्वीन्सल्याण्डमा ट्रक चालकहरुले उत्तरी न्यु साउथ वेल्समा नाकाबन्दी गर्न गइरहेका छन् । 

समाचारका अनुसार २४ घण्टामा १ लाख ५७ हजार परीक्षण गरिएको छ । एनएसडब्ल्यूका प्रमुख स्वास्थ्य अधिकृत डा. केरी च्यान्टका अनुसार नयाँ मृत्यु हुनेमा डब्बोका ५० वर्षीय एक पुरुष छन् भने अर्का वेस्टमेड अस्पतालमा निधन भएका ७० वर्षीय वेस्टर्न सिड्नीका पुरुष छन् । कनकर्ड अस्पतालमा निधन भएका सिड्नीको इनरवेस्टका मेरिडिथ हाउस एज्ड केयरमा रहेका ७० वर्षीय पुरुष छन् भने वेस्टमेड हस्पिटलमा मृत्यु भएकी ६० वर्षीय महिला वेस्टर्न सिड्नीकी हुन् । उनलाई कम्बरलेन्ड हस्पिटलमा संक्रमण पुष्टि भएको थियो ।

१६ जूनपछि एनएसडब्ल्यूमा ९३ जना संक्रमितको मृत्यु भएको छ । महामारी सुरुआत भएयता १४९ जनाको मृत्यु भएको छ ।