देउराली। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी शीर्षकमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति क्लासिक टेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उता समाचार सम्प्रषण गरेकै आधारमा सञ्चारमाध्यम ‘ब्लक' गरेकाे भन्दै नेपाल पत्रकार महासंघ माेरङले पनि गम्भिर ध्यानाकर्णा भएकाे जनाएकाे छ । 

विराटनगर बाट संञ्चालित 'आवर विराटनगर' ले आफ्नाे आलाइन पाेर्टलमा शुक्रबार 'क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी' शिर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे । ग्रहकले गुणस्तरीय सेवा नदिएकाे भन्दै  विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेकाे  समाचरमा उल्लेख गरिकाे छ । 

समचार प्रकाशन पश्चात क्लासिकटेकले आवर विराटनगरकाे  आलाइन पाेर्टललाई 'ब्लक' गरेकाे आवर विराटनगरले जनाएकाे छ । सञ्चारमाध्यम ‘ब्लक' गरेकाेमा आफ्नाे गम्भिर ध्यानाकर्षण भएकाे जनाउँदै  पत्रकार महासंघ मोरङले  शनिबार एक विज्ञप्ती जारी गरेकाे थियाे। महासंघले क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह समेत गरेको  थियाे ।

आवर विराटनगर  ४० घण्टापछि ब्लक हटाएकाे जनाएकाे छ ।

 क्लासिक टेकका डिजीएम पब्लिक रिलेश सुशील सिंह थापाले भने कुनैपनि संञ्चारमाध्यम 'बल्क' नगरेकाे बताउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्लासिकटेक सधै प्रतिबध्द रहेको बताए । उनले भने हामिले यो साइट चल्न दिने या नदिने भन्ने हुँदैन सरकारले बन्धेज गरेका बाहेक सबै वेभसाइट निर्वाह रूपमा संचालन गर्नु हाम्रो दायित्व हो ।

 समाचारमा उल्लेख गरिएका ग्राहककाे भने समस्या सामधान भइसकेकाे बताइएकाे छ ।