पथरी। किरात धार्मिक क्षेत्रको अबैध रुपमा रुख ढालिएको बिषयमा अनुसन्धन पछि सब डिभिजन वन कार्यालय बेलबारीले रुख कटानमा संगल्न दुईजनालाई पक्राउ गरेको छ ।

वनले बेलबारी नगरपालिका ११ का २० बर्षिय विशाल चौधरी र ३६ बर्षिय रोहित कुमार नेपालीलाई पक्राउ गरेको हो । अनुसन्धान र बयानकै क्रमा रहेकोले पक्राउ परेकोलाई पुन आज आइतबार म्याद थपको लागि जिल्ला अदालत लगिने अनुसन्धान अधिकृत राजेन्द्र कुमार धिमिरेले बतए । उनले एकजनाको मात्र बयान सकिएको बताए ।

यस अघि लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष सुजय गौतम, उपाध्यक्ष जितेन्द्र न्यौपाने र कोषाध्यक्ष तेजबहादुर दाहाललाई वनले बयान लिइएको थियो ।

मोरङ बेलबारी नगरपालिका ११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिले अनुमतिविनै वन क्षेत्रका रुख कटान गरेको ब्लाष्टले प्रकाशित गरेको थियो ।

वनले रुख ढालेको विषयमा किरात धर्म संरक्षण समितिले उजुरी गरेको थियो । उजुरी परे पनि कारबाही अगाडि नबढाएको विषयमा ब्लाष्ट दैनिकले साउन ३१ गते र भदौ ९ गते समाचार प्रकाशित गरेको थियो ।

समाचार आएपछि डिभिजन वन कार्यालय मोरङले रेञ्जर राजेन्द्र घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो ।

सावउले १० वटा सिसौ, मसलाका अवैध रुख कटान गरेको पाइएको थियो । वनद्धारा करिव ५३ क्युफिट काठ बरामद गरिएको थियो । अवैध रुख काट्न पठाइएको मजदूर र ट्याक्टरको भिडियो सामाजिक सञ्जालमा प्रचार भएको थियो ।

उता किरात धर्म संरक्षण समितिले आफूहरुले विरुवा रोपेर हुर्काएको रुख काट्नेहरुलाई कडा कारबाही गर्न माग गर्दै आएका छन् ।