अफगानिस्तानको राजधानीमा अवस्था तनावपूर्ण छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले २४ देखि ३६ घण्टाभित्रमा अर्को आतंकवादी आक्रमण हुनसक्ने चेतानवनी दिएका छन् । 

बाइडेनले स्थिति तनाबपूर्ण हुन सक्ने र एयरपोर्टमा खतरा बढेको वक्तव्य दिएका छन् । राष्ट्रपति बाइडेनले शनिबार वासिंटनमा आफ्ना राष्ट्रिय सुरक्षा टिमका अधिकारीसँगको कुराकानी पछि प्रतिक्रिया दिएका हुन् । 

यसपछि अमेरिकाले लगातार तेस्रो दिन काबुल एयरपोर्टमा आक्रमणको खतरालाई मध्यनजर गर्दै अलर्ट जारी गरेको छ । अमेरिकाले ताजा चेतावनीमा आफ्ना नागरिकलाई काबुल एयरपोर्टको छेउछाउका क्षेत्रबाट हट्न सूचना गरेको छ । 

काबुल एयरपोर्ट खतराका विषयमा अमेरिकाले पहिलो चेतावनी आइतबार दिएको थियो र त्यही साँझ आतंकवादी संगठन आइएसआइएस–खुरासानले विमानस्थलमा आक्रमण गरेको थियो । आक्रमणमा १३ अमेरिकी सैनिकसँगै १७० जनाको मृत्यु भएको थियो ।