कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सुनसरीको रामधुनी नगरपालिका–४ बैठारबाट कुटीपुल हुँदै बराहक्षेत्र नगरपालिकाको जीतपुर जोड्ने सडक आज शिलान्यास गर्दै उहाँले विकासको जनचाहना पूरा गर्न सरकार क्रियाशील रहेको बताए। उनले भने, “ जनताका विकासका चाहना सम्बोधन नभए उनीहरूले राजनीतिक दल र सरकारको विश्वास गर्दैनन् ।” ।
अहिले सरकारले सडक निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेकाले निर्धारित समयभित्र काम पूरा हुने उनले विश्वास व्यक्त गरे ।
आगामी १५ महिनाभित्र निर्माण सम्पन्न हुने गरी रु ३० करोड लागतमा ठेक्का पाएको सहरी विकास भवन निर्माण सङ्घीय कार्यान्वयन एकाइ कार्यालय विराटनगरका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।