धनकुटा । धनकुटा हिलेका युवा व्यवसायी मनोज लिम्बुको उपचारको क्रममा आर्थिक अभाव भएपछि थप उपचारको लागी मंगलबार आर्थिक सहयोग संकलन गरिएको छ ।
हिलेवासीले विरामी मनोजको उपचारको लागी मंगलबार हिले बजारबाट ७ लाख, ८० हजार नगद संकलन गरिएको स्थानिय समाजसेवी मनकला लङ्गवा लिम्बुले ब्लाष्टलाई बताईन । त्यसैगरी मनोजको थप उपचारको लागी धनकुटामा पनि सहयोग संकलन गरिएको छ ।
पुर्खौली घर ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका ढुङ्गेसाँघु–३ घर भै धनकुटाको हिलेमा बसोबास गर्दै आएका ४० वर्षिय मनोज लिम्बुको हाल काठमाडौको टेकु असपतालमा उपचार भैरहेको छ । उपचारको क्रममा आर्थिक अभाव भएपछि हिलेवासीले मनोज लिम्वुको उपचारको लागी आर्थिक संकलन गरेका हुन् । उनी कोभिड संक्रमित भई हाल सिकिस्त अवस्थामा टेकु अस्पतालमा उपचारत रहेका छन् ।
‘केही दिन अघि देखि कोभिड संक्रमण भई लिम्बुको शुरुको उपचार कान्तिपुर अस्पताल तिनकुनेमा उपचार गराइदै आएको थियो । त्याहा उनको उपचारको लागी ६ लाख रुपैयाँ खर्च भईसकेको छ ।’
विरामीको अवस्था गम्भीर हुँदै गएको उनी डेरा बसेका घरका परिवारले बताएको छ । पछि खर्च अभाव हुँदै गएपछि टेकु अस्पतालको बेड नम्बर ४, भेण्डिलेटरमा उपचार गराउँदै आएको उपचारमा सहयोग गर्दै आएकी प्रितम लिम्बुले ब्लाष्टलाई बताईन । उनले हालसम्म मनोजको परिवारको सदस्यहरु कोही पनि सम्पर्कमा नआएको बताएकी छन् ।
हाल मनोज लिम्बुलाई धनकुटा नगरपालिका वडा नम्बर ४ देव्रेवास माईतीघर भएकी घर धनी प्रितम लिम्बु र शान्ता लिम्बु दिदि बहिनीले उपचार गराउँदै आएका छन् । उनीहरुसँग भएको रकम उपचार मै सकिएको र थप उपचार गर्नको लागि रकम अभाव भएको उनीहरुले समाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
विरामी मनोज पछिल्लो समय काठमाण्डौ जाँदा प्रितम लिम्बुको घरमा डेरा बस्दै आएका थिए । परिवारका सदस्यहरु र आफन्तहरुलाई प्रितम लिम्बुको मोबाइल नं. ९८६०६२२६३२ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।
हिलेवासीले मनोज लिम्बु २८ बर्ष अघि देखी हिलेमा बस्दै आएको पूराना व्यवासायी भएकाले आत्मीय साथीभाईको नाताले थप उपचारमा सहयोग पुर्याउने उदेश्यले सहयोग रकम संकलन गरिएका हिलेका समाजसेवी मनकला लङ्गवा लिम्बुले बताईन ।
मनोजको उपचारको लागी हिलेवासीले एकै दिनमा उत्साहको साथ ७ लाख, ८० हजार रकम उठाउन सफल भएको बताए ।