बेलबारीमा अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा काठसहित २ जना पक्राउ परेका छन् ।
नगरपालिकाको ३ नम्बर वडाबाट बा २१ च १८२९ नम्बरको बोलेरो पिकअपमा अन्दाजी ३८.५ क्यु फिट अवैध काठसहित बुलेराे चालक सोहि वडाका ३८ वर्षीय दल बहादुर तामाङ र केराबारी गाउँपालिका ८ का ४० वर्षिय जित बहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबेलबारीबाट खटिएको प्रहरी टोलीले बाेलेरोमा उक्त परिमाणको सखुवाको काठ लोड गरेर ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।
नियन्त्रणमा लिएका दुबैजनालाई आवश्यक कारवाहीका लागी सव डिभिजन वन कार्यालय सलकपुरमा बुझाएको कायार्लयले जनाएकाे छ।