धनकुटा नगरपालिकाका पूर्व उप–प्रमुख जीबप्रसाद पोख्रेलको ६४ वर्षको उमेरमा उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा आईतबार साँझ निधन भएको छ ।
लामो समय देखी पिसाब थैली र किड्नीको समस्याले थलिएका पोख्रेलको कोभिड पोजेटिभ भएपछि उपचारको क्रममा आईतबार साँझ निधन भएको हो । उनको सोमवार धनकुटाको मूलघाट स्थित विश्रान्तीमा अन्त्येष्ठी गरिएको छ ।
उनको पार्थिब शरिरमा नेकपा एमाले धनकुटाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई र पूर्व सांसद एवंं नेता गोपाल गुरागाँई लगायत नेताहरुले एमालेको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्वर्गिय पोख्रेल वि.सं.२०५४ साल देखी ०५९ सालसम्म धनकुटा नगरपालिकाका उप–प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए ।
उबेला नगरपालिकाको बजेट अहिलेको जस्तो धेरै नहुने, श्रोत साधन कम भए पनि सकेको काम गरेको नगरवासीको नजरमा विवादमा नतानिएको स्व.पोख्रेलका पालामा धनपा–६ बाट वडाध्यक्ष बनेका नेपाल पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले ब्लाष्टलाई बताए ।
वि.सं.२०३०/०३१ सालमा रातो झण्डा नामक संगठनबाट वामपन्थी राजनिति शुरु गरेका पोख्रेलले आफ्नो जीवनको विभिन्न कालखण्डमा नेपाली राजनितिमा उल्लेख्यनिय योगदान गरेको नेकपा एमालेका नेता गोपाल गुरागाँईले बताए ।
उनले वि.सं.२०३५ साल भाद्र २६ गतेका दिन रातो झण्डा र कोअर्डिनेशन केन्द्र धनकुटाको छिन्ताङ स्थित् असुवाटारमा दलबहादुर खत्रीको घरमा वसेर भुमिगत कालमा एकता हुँदा स्वर्गिय पोख्रेलले सक्रियतापुर्वक भुमिका निर्वाह गरेको स्मरण गराए ।े
उनले एकताताका आनन्द सन्तोषी राई, चित्र निरौला, चन्द्र पुरी, वाशु शाक्य, जीवन शर्मा लगायतसंग मिलेर संगठन निर्माणमा स्वर्गिय पोख्रेलले ठूलो योगदान गरेको बताए ।
वि.सं.२०३५ सालको पौषमा नेकपा माले र नेकपा माक्सवादी समुहमा नेपाली कम्यूनिष्ट आन्दोलन वैचारिक हिसावले दुई खेमा हुँदा माक्सवादी धारमा पोख्रेल लागेका थिए । वि.सं.२०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा धनकुटामा संयुक्त वाममोर्चा गठन हुँदा ताराहाङ राई जिल्ला अध्यक्ष र स्व.जीव प्रसाद पोख्रेल सचिव भएर जिम्मेवारी सम्हालेको नेता गुरागाँईले जानकारी दिए ।
वि.संं.२०७० सालमा नेकपा एमाले भएपछि धनकुटा जिल्ला कमिटिमा कार्यालय सचिव, जिल्ला कमिटी उप–सचिव हुँदै मृत्युपर्यन्त्सम्म आईपुग्दा नेकपा एमाले धनकुटाको सल्लाहकार सयोजकको भूमिका निर्वाह गरिरहेका थिए ।
वि.सं.२०१४ साल जेष्ठ–४ गते धनकुटा नगरपालिका वडा नं.६ आत्मारा घर भएका पोख्रेल ८० वर्षिया आमा, एक श्रीमती, १ छोरा र २ छोरीसंग वसेर जीवन यापन गरिरहेका थिए । यसै विच नेकपा एमाले धनकुटाले एक शोक वक्तव्य जारी गरेर स्वर्गिय पोख्रेलको निधन प्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईद्धारा हस्ताक्षरित शोक बक्तव्यमा नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरु मध्ये एक अविचलित योद्धा रहेको उल्लेख गरेका छन् ।
वक्तव्यमा भनिएको छ–“पञ्चायति निरंकुश शासनको विरुद्धको आन्दोलनमा कहिले भूमिगत र कहिले अर्ध भुमिगत ३० वर्षे पञ्चायत शासन ढाल्न सक्रिय भूमिका खेलने क्रममा १९ दिनसम्म जेल जीवन समेत विताएको स्मरण गरिएको छ ।
धनकुटाको पहिलो पत्रकारको रुपमा आफ्नो पहिचान वनाउनु भएका स्वर्गिय पोख्रेलको निधनले नेकपा एमाले धनकुटाले पार्टी प्रति समर्पित वफदार सिपाई गुमाएको वताईएको छ ।