शनिबार खोटाङ, सोलु र उदयपुर जिल्लामा भएको सडक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

हिजो बेलुका साढे ८ बजे बालुवा लोड गरी आउदै गरेको ना५त ६६०१ नम्बरको ट्याक्टर   खोटाङ केपिलासगढी ५ स्थित भुताप्सु स्थित जङगलको भीर बाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार चालक सहित तिन जना मध्ये सोही स्थानका २३ वर्षीय दिनेश राईको घट्नास्थलमै मृत्यु भएको छ भने ट्याक्टर चालक सोही स्थानका १९ वर्षीय उमेश राई घाईते भई स्थानीय मेडिकलमा उपचार भइरहेको छ त्यस्तै अर्का ट्याक्टरबाट हाम फालेका सकुशल अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिला र ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट पुगेको प्रहरी टोलीले कानुबी प्रकृया तथा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

 यसै गरी सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका ५ स्थित दियाले स्थितमा हिजो दिउसो साढे २ बजे बा५४प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका २ खालीका ३० वर्षीय सुमन राईको घटनास्थलमा नै मृत्यु भएको छ । 

यसै गरी उदयपुर त्रियुगा नगरपालिका ३ लच्कास्थित कदमा-गाईघाट सडक खण्डमा हिजो बेलुका सँवा ६ बजे गाईघाटबाट मोतिगडातर्फ जाँदै गरेको प्र१००-५००१प३७१४ नम्बरको मोटरसाइल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिदाँ गम्भिर घाइते भएका चालक सोही स्थानका ३२ वर्षीय शान्तिराम राईको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुकै पौने ७ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।