धरान उपमहानगरपालिका नगर कार्यपालिका सदस्य तथा नगर खेलकुद विकास समिति संयोजक सुवास राईको निधन भएको छ ।
होम आइसोलेसनमा बसेका राईको अक्सिजन लेभल कम देखिएपछि बिपी प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा कलेजो र मृगौला रोगको उपचार गराइरहेका राईमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेकपा एमालेबाट २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा वडा नं १७ मा लगातार २ पटक वडाअध्यक्ष जितेका थिए । राईले धरानको खेलकुद प्रवद्र्धनमा उल्लेखीय योगदान पुर्याएका छन् ।
उनी धरान फुटबल क्लबको पूर्वअध्यक्ष, धरानकै गोधुली क्लबका संस्थापक थिए । उनी आमासहित छोरा र भाइका साथमा धरान १७ मा बसोबास गर्दै आएका थिए । मृतक राईको आजै अन्त्येष्टी गरिने बताइएको छ ।