तस्बिर माथिः अमला मुखर्जी (एमडी) युनिलिभर नेपाल (दायाँ) र डा. अरुण शर्मा ब्रिगेडियर जनरल वीरेन्द्र अस्पताल

unileaver- news2

युनिलिभर नेपाल लिमिटेडले मेडिकल तथा आपत्कालीन उपकरणहरु प्रदान गरेको छ । 

जिल्ला प्रशासन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसङख्या मन्त्रालय,  वीरेन्द्र अस्पताल, छाउनी र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत् अनुदानमा स्वास्थ्य उपकरण प्रदान  गरेको हो । 

कोभिड–१९ महामारीको दोस्रो चरणको संक्रमणलाई मध्यनजर गर्दै विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यकता परेको स्थानहरुमा अक्सिजन कन्सनटे«टर्ससमेत प्रदान गरिएको छ । 

अक्सिजन कन्सन्ट्रेटर्स  १२८ थान, एन–९५ माक्स १५०० थान, सर्जिकल ग्लोभ्स ३४०० थान, सु कभर २००० थान,  वर्किङ क्याप २००० थान, मेडिकल गगल्स २०० थान प्रदान गरिएको हो ।

उपकरण तथा सामानहरु मेडिकल क्षेत्रमा अग्र स्थानमा रही आफ्नो ज्यान जोखिम राखी काम गर्ने मेडिकल कर्मचारीलाई भाइरसबाट रोकथाम तथा उपचारका लागि प्रदान गरिएको बताइएको छ । 

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तर्फबाट मुख्य विशेषज्ञ डा.रोशन पोखरेल ज्यूले युनिलिभर नेपाललाई कृतज्ञता व्यक्त गरेका छन् । पत्रमार्फत् उनले भविष्यमा पनि भाइरस रोकथाममा लड्नका लागि थप सहयोगको अपेक्षा गरेका छन् ।  

‘हाम्रो बुझाइमा वर्तमान समयमा, कोभिडको सिकिस्त केसहरुलाई निरन्तर अक्सिजनको सप्लाई पुग्ने तरिकाले मेडिकल पूर्वाधारको भार कम गर्नुपर्छ, यसको निम्ति अरु रोगका उपचारका लागि अक्सिजन थेरापीको उपकरणहरु पर्याप्त मात्रामा हुनुपर्छ,’ उपकरण हस्तान्तरण समारोहमा, युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘स्वास्थ्य संकटलाई निरोपण गर्न तथा लड्न युनिलिभर परिवारले नेपाली जनताको हितका लागि  हर संभव सहयोग गर्नेछ । 

unileaver- news1 1

कोभिड सक्रमणका बिरामीहरुलाई हेरचाह गर्नका लागि अति आवश्यक पर्ने प्लान्ट स्थापना गर्नका लागि मेडिकल उपकरणहरु बाहेक युनिलिभरले मकवानपुर (हेटौंडा) मा अक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग गरेको छ । 

युनिलिभरले लाइफबोय ब्राण्डलाई लिएर महामारीमा सही व्यवहारको बारे जनचेतना जगाउन विभिन्न संचार माध्यमबाट ‘पब्लिक सर्भिस अनाउन्समेइन्ट’ अभियान सञ्चालन गरेको छ ।  

नेपालमा व्यापक रुपमा उपलब्ध हुने र कोभिड–१९ सँग लड्न प्रभावकारी सावित भएको लाइफबोय साबुन युनिलिभर नेपालले उत्पादन गर्दछ ।

unileaver- news3