वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट खरिद, तथा एचडियुसहित पाँच शय्या विस्तार ९जडान का लागि रु ८० लाख रकम विनियोजन भएको छ ।

 पछिल्लो समय कोरोना संक्रमणका बिरामीलाई अक्सिजन तथा एचडियु शय्या अभावमा समस्या उत्पन्न भएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पताललाई अर्थ मन्त्रालयले रु ८० लाख बजेट विनियोजन गरेको उनका मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

जिल्लामा अक्सिजन प्लान्ट स्थापनासँगै पाँच शय्यासहितको एचडियु  सञ्चालन भएपछि यहाँका बिरामीका लागि उपचारमा निकै सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्णराज जोशीले बताए । उनले भने, “मन्त्रीज्यूको पहलमा केही दिन पहिले अक्सिजन प्लान्टका लागि बजेट विनियोजन भएको थियो । आज पुनः अर्थ मन्त्रालयबाट अक्सिजन खरिद स्थापनासहित एचडियु शय्या विस्तार गर्न थप बजेट विनियोजन भएको छ, यो निकै खुशीको कुरो हो ।” अक्सिजन प्लान्ट तथा एचडियु दुई महिनाभित्र स्थापना भइसक्ने लक्ष लिइएको छ । 

मन्त्री आलेको पहलमा यसअघि उक्त अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट ९कारखाना स्थापनाका लागि अर्थ मन्त्रालयले रु. एक करोड ५० लाख बजेट विनियोजित गरेको थियो ।

 पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना संक्रमणका बिरामीले अकालमै ज्यान गुमाएका थिए ।