कैलालीको गौरीगंगा नगरपालिका–९ मा फेला परेको लोपोन्मुख प्रजातिको सुन गोहोरोको उद्धार गरिएको छ ।

 गौरीगंगाा–९ का दीपक गौतमको घरमा फेला परेको सुनौलो गोहोरोलाई स्थानीय गौरी गणेश सामुदायिक वनमा छोडिएको गौतमले जानकारी दिए ।

नेपाल, भारत र बङ्गलादेशमा पाइने सुनौलो प्रजातिको विश्वकै लोपोन्मुख प्रजातिको सुन गोहोरालाई उद्धार गरी उचित वासस्थानमा छोडिएको सामुदायिक वन समन्वय समिति गौरीगंगाका घनश्याम पौडेलले जानकारी दिए ।