नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले स्वास्थ्य सामग्री खरिदका लागि रु. एक लाख एक हजार एक सय ११ सहयोग गरे ।

 कोरोना संक्रमण न्यूनीकरण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्न उनले उक्त रकम  जिल्ला पार्टी कार्यालयलाई सहयोग गरे ।

पूर्वमन्त्री भण्डारीका तर्फबाट  कांग्रे्रेस व्यास नगर समितिका सहसचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व बास्तोला र सह–सचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरे ।

  रकम ग्रहण गर्दै नेका जिल्ला सचिव  बास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारीप्रति आभार व्यक्त गरे । यसैबीच कांग्रेसले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्तासँग सहयोगको आह्वान गरेको छ  । –––