नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण जिल्लामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले एक साता निषेधाज्ञा थप गरेको छ । 

बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। 

उनले संक्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको संख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको राससलाई बताए ।

 जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले संक्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले राससलाई जानकारी दिए । –––