युवा व्यवसायी जीवनबहादुर सिंहले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान शुरु गरे ।

 सिंहले शुक्रबारदेखि जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवालाई  खाना वितरण  गरे  । 

अस्पतालमा कोरोनाको परीक्षण शुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा तिनका कुरुवाको बिजोग भएको थियो । निषेधाज्ञाका कारण  खाना खाने होटल बन्द हुँदा उनीहरु प्रभावित भएका थिए । अहिले एक दिनमा ५० देखि ७० जनासम्मलाई  खाना खुवाउने गरिएको छ ।

“हाम्रो अभियानमा देशविदेशबाट धेरै जना जोडिएर सहयोग गरिरहेका छन् । कसैले आर्थिक सहयोग, कसैले खाद्यान्न सहयोग, कसैले ग्यास सिलिण्डरको  सहयोग गरे । सिंहले भने ।  औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गरे  ।