नेपाल–भारत मैत्री अस्पतालमा १५ सयको ‘कोभिड एचडियू वार्ड’ सञ्चालनमा ल्याइएको छ ।  नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा आजदेखि अस्पतालमा कोभिड श्यया सञ्चालनमा ल्याइएको हो । 

लायन्स क्लब अफ काठमाडौँका सदस्य विवेक शर्माले दुई हाईफ्लो मेसिन र छ बाईप्याप् मेसिन सहित कोभिड एचडियु वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिए । गरिब तथा विपन्न बिरामीलाई निःशुल्क रुपमा सेवा प्रदान गर्नका लागि मेसिन प्रदान गरेका हौ । उनले भने । आगामी दिनमा जीवन रक्षक उपकरण प्रदान गर्दै जाने सो क्लबले जनाएको छ । 

अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले अस्पतालले विभिन्न संघ संस्थाको सहकार्यमा कोरोना बिरामीको उपचार गरिरहेको बताए ।  सोही क्लबले एक हप्ता अगाडि संक्रमित गरीब तथा विपन्न परिवारका लागि रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार समेत थालेको छ ।

क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीयाको नेतृत्वमा  सशस्त्र प्रहरी बल  अस्पताल बलम्बूमा कार्यरत डा. रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गरे । सेन्टरले कोभिड बिरामीको रगत परीक्षणका आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ । उक्त कोभिड अस्पतालमा दैनिक ५० देखि ८०  संक्रमितले सेवा लिइरहेका छन् । –––