राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भए । सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गर्ने निर्णय गरेको थियो । 

पुनः नियुक्ति पश्चात आज सिंहदरबारमा प्रधानमन्त्री एवम राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष उपाध्यक्ष कँडेलले सपथ ग्रहण गरे । सपथपछि उपाध्यक्ष कँडेलले आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरे । 

–––