विराटनगर/ मोरङको पथरीमा दुर्घटनामा परी दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार राती १२ बजे दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षिय लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका ३ रन्जीका ७६ वर्षिय विष्णुमाया सिवाकोटीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

पथरीको जयचौकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च १८५१ नम्बरको स्कारपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको मालवक सवारीसाधनले ढक्कर दिएको प्रहरीले जनाएको छ ।

मालवक सवारी साधनको ढक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको थियो भने तीन जना गम्भिर घाइते भएको डिएसपी राईले जानकारी दिए ।

घाइते हुनेहरूमा  झापा बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षिय बिकाश उप्रेती, सोही ठाउँका ४५ वर्षिय बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षिय रोशन उपे्रती रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउँको र खुटामा चोटपटक लागेको कारण विराटनगरस्थित गोल्डेन अस्पतलामा उपचार भइरहेको छ ।

दुर्घटना गराएपछि मालवाक सवारी साधनको चालक फरार भएका थिए । इलका प्रहरी कार्यालय पथरीको टोलीले चालकलाई बिहीबार विहान पक्राउ गरि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।