विजयपुर/ धरान–४ मा एक युवाको शव भेटिएको छ । 

शव वडा नं.–४ स्थित वैदाम खोपमा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।

शव स्थानीयले घाँस काट्ने क्रममा भेटिएको डिएसपी बस्नेतले जानकारी दिए । शव अन्दाजी २५–३० बर्षको रहेको रहेको छ ।

उनले शव करिव महिनादिन जतीको भएकाले पहिचान गर्न नसकिएको बताए ।