संखुवासभा । जिल्लाको चिचिला गाउँपालिका अध्यक्ष र धर्मदेवी नगरपालिकाका प्रमुखले प्रयोग गरिरहेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको हो ।
चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा र धर्मदेवी नगरपालिकाका प्रमुख रमेश कुमार जीमीले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने ब्यवस्था गरिएको हो ।
कोरोना भाईरसको संक्रमण बडिरहेको अवस्थामा प्रसुती लगायतका अन्य सेवाग्राहिहरुलाई एम्बुलेन्स अभाव हुन सक्ने भन्दै गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने ब्यवस्था मिलाईएको हो ।
चिचिला गाउँपालिकाको स्वमित्वमा रहेको एउटा र धर्मदेवी नगरपालिकामाको नाममा रहेको दुईवटा एम्बुलेन्सले कोरोना संक्रमित तथा संकास्पद संक्रमितहरु समेत बोक्ने गरि व्यवस्था मिलाईएको छ ।
एउटै सवारी साधनबाट अन्य सेवा लिनेहरुलाई सेवा दिँदा असुरक्षित हुने भएकोले आफुले प्रयोग गर्ने गाडी नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने ब्यवस्था गरिएको चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ नुर्वु शेर्पाले बताए ।
कोरोना महामारी दिनप्रतिदिन बढ्दै गएकोले प्रशुति तथा अन्य विरामीहरुको सहजताको लागि सवारी चालक सहित २४सै घण्टा गाडीलाई एम्बुलेन्सको रुपमा तयारी राखिएको छ ।
कोरोनाको महामारीको कठिन परिस्थितिमा पालिका भित्र कोहि पनि समयमा अस्पताल पुग्न नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनेर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेको धर्मवी नगरपालिकाका प्रुमुख रमेश कुमार जीमीले बताए ।
महामारीको समयमा एम्बुलेन्स नपाएर कसैले अस्पताल पुग्न समस्या भए सिधा सम्पर्क गर्न उनले अनुरोध समेत गरे । दुवै प्रमुखहरुले सेवाको लागि प्रमुख तथा सवारी चालकको नाम र नम्बरसमेत सार्वजनिक गरेका छन् ।
विगतबाट नै चिचिला गाउँपालिकाले गर्भवती आमाहरुको प्रसुतिका लागि निशुल्क र धर्मदेवी नगरपालिकाले न्युनतम शुल्कमा एम्बुलेन्स सेवा दिँदै आएको छ ।