सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।  

सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ती ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए । 

वैशाख महिनामा हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।