ब्लाष्टखबर । धरानकाे भानुचाेक आसपासका बिजुलीकाे पाेलमा अव्यावस्थित तवरले झन्डिएर रहेका तारहरूलाई व्यावस्थापन गरिदैछ ।   

टेलिकम, केवल टिभि, इन्टरनेट सेवा प्रदायक तथा अन्य केवल सेवा प्रदायकहरूले संयुक्त रूपमा आजबाट घण्टाघर  पूर्व रहेकाे सडकबाट तारहरूकाे व्यावस्थापन गर्न सुरू गरेकाे वडानम्बर २ का वडा अध्यक्ष माधव गाेविन्द श्रेष्ठले बताएका छन् । 

179826000_294862542171852_609029424145076602_n

उनका अनुसार घण्टाघर आसपास, लाेकतान्त्रिक चाेक लगायत भानुचाेक क्षेत्रका विद्युतका पाेलमा रहेका सम्पूर्ण  अव्यावस्थित तारहरू हटाइने  छ ।  

आनवश्यक र अव्यावस्थित रूपमा बिजुलीकाे पाेलमा रहेका तारका कारण मानविय जाेखीम रहदै आएकाे थियाे  । बाँदर र ठूला सवारीसाधनले  तार चुडाउने जाेखिममात्र नभएर अव्यावस्थित र अस्तब्यस्त रहेका तारहरूका कारण नगरकाे  सौन्दर्यता समेत बिगारेकाे थियाे । 

181129964_294862452171861_8707135971318802847_n

वडा अध्यक्ष  श्रेष्ठले  भने ' अहिले घण्टाघरकाे उत्तरपूर्वबाट काम सुरू भएकाे छ ।  भानुचाेक क्षेत्रमा रहेकाे सबै अव्यावस्थित तार हटाउन भनेका छाैं  ।    ' 

यसअघि शनिबार नेपाल विद्युत प्रधिकरणकाे कार्यलयमा केवल, टीभी तथा ईन्टरनेट सेवा प्रदायक लगायतका प्रतिनिधिहरुको बैठकाे थियाे ।

बैठकले  भानुचाेक आसपासमा रहेका अव्यावस्थित तारलाई व्यावस्थापन गर्ने निर्णय गर्दै धरान वितरण केन्द्रका प्रमुख प्रताव वराल संयोजकत्वमा धरान घण्टाघर सडक उपभोक्ता समितिका अध्यक्ष रमेश राई, धरान वडा नं २ का सदस्य धर्म तामाङ्ग, सञ्चारकर्मी मोहन श्रेष्ठ र केवल टिभि तथा ईन्टरनेट सेवा प्रदायकहरुको प्रतिनिधिसहितकाे एक समिति गठन गरेकाे थियाे ।