ब्लाष्टखबर । रतुवामाई नगरपालिकामा दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खादा १ जनाकाे मृत्यु भएकाे छ भने अन्य २ जना घाइते भएका छन् ।
आज बिहान करिब साढे १० बजे आमबारी–उर्लाबारी सडक खण्डमा उत्तर तर्फ जाँदै गरेको प्रदेस १–०२–०४१ प २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०२–०४४ प२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामापरी गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको छ ।
भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भएका छन् । उनिहरू दुबैकाे अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
दुर्घटना भएका दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।