ब्लाष्टखबर । उर्लाबारी नगरपालिकाले आजबाट नगरक्षेत्रका विद्यालयहरू अनिश्चितकालकालागि बन्द गर्ने भएकाे छ ।

काेराेना महामारीकाे जाेखिललाई मध्यनजर गर्दै हिजाे बसेकाे नगरपालिकाकाे नगर शिक्षा समितकाे बैठकले कोरोना भाईरसबाट विद्यार्थीहरुमा जोखिम बढिरहेकाले आज बुधबारदेखि नगरभित्रका विद्यालयहरु अर्को सुचना जारी नगरुन्जेलसम्म बन्द गर्ने निर्णय गरेको नगरकाे शिक्षा, युवा तथा खेलकुद शाखाले एक विज्ञप्ती जारी गरी उल्लेख गरेकाे छ ।
विज्ञप्तीमा अर्काे सुचना जारी नहुन्जेलसम्म नगरक्षेत्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूकालाकाे पठनपाठन, परिक्षा लगायतका कार्य बन्द गर्न भनिएकाे छ ।