श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ८ गते बुधबार, २१ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको नवमी तिथि ००ः५४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पुष्य ८ः१६ बजेसम्म, उप्रान्त अश्लेषा चन्द्रमाराशि वृष, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवम् लगनशिलताले विभिन्न अवसर दिलाउनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्रोत साधन जुट्नाले गरिएका कार्यको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा सुधार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कार्य क्षेत्रमा वादविवाद हुन सक्छ । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा गोपनियतामा ध्यान दिनु होाला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आश्वासन बाँड्नेहरुले झुक्याउन सक्छन् । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेका सम्झौता तोड्नुपर्ने हुनसक्छ । अरुको भरले मात्र कामपुरा नहुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएको काम दोहो¥याउनु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

ईष्र्या गर्नेहरुले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिगो काम थालनी गर्न सकिनेछ । पछिका लागि समेत सकारात्मक सङ्केत प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिलेका समस्या दोहोरीनाले अलमल बढ्न सक्छ । आफ्नो कमजोरीले इष्टमित्रहरूले धोका दिन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धी हात पार्न सकिनेछ ।