ब्लाष्टखबर। स्वास्थ तथा जनसंख्या मन्त्रालयले आगामी असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्ने प्रक्षेपण गरेकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्लाे संक्रमणकाे बढ्दाे दरलाई हेरेर दैनिक ११ हजार काेराेना संक्रमित थपिन सक्ने  र असारसम्ममा संक्रमितकाे संख्या ६ लाख पुग्नसक्ने बताएका छन् । 

उले त्यसकालागी पूर्व तैयारी गर्नु पर्ने बताउँदै भारतीय  नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्न लागिएको पनि बताएका छन् ।

उनले देशभरका सम्पूर्ण अस्पतालहरूकाे  उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेकाे र अस्पतालहरूलाई तयारी अवस्थामा राख्न स्वास्थ्य सुरक्षा सामग्री अपुग भएका अस्पतालहरूमा सुरक्षा कवच, औषधिलगायतका सामग्री छिट्टै थपिने जानकारी समेत गराएका छन्  ।