ब्लाष्टखबर । काेराेना भाइरसकाे संक्रमण बढ्दै गइरहकाे अवस्थामा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित  देशका विभिन्न ठूला सहरूहरूकाे विद्यालयमा एक महिना भाैतिक कक्षा बन्द गर्न सिफारिस गरेकाे छ । 

मन्त्रालयले भाैतिक कक्षाकाे विकल्पका रूपमा अनलाइ, भर्चुअल कक्षा मार्फत पठनपाठन गराउँन भन्दै उक्त सिफारिस गरेकाे हाे । 

बढ्दाे संक्रमणसंगै अाक्रमक नयाँ भेरिएन्टकाे  भाइरस देखिएकाे र उक्त भेरिएन्ट युवा र कम उमेर समूहमा  देखिएले  चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

शिक्षा क्षेत्रका सरोकारवालाले भने शिक्षा मन्त्रालयले गरेको छलफलमा विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए ।