सुनसरी । कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका-३ का ८४ बर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।

बुधबार अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक ब्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरीरहेको छ ।