श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत २६ गते बिहीबार, ८ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको द्वादशी तिथि भोली ३ः३४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र शतभिषा भोली ५ः१२ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि धनु, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

साना–तिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सम्भावना देखिएता पनि उपलब्धी हात पार्न गाह्रो हुन्छ । पहिले दिएको बचनले अप्ठ्यारो पार्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पारिवारिक समस्याका कारणले गर्दा मानसिक चिन्ता बढ्न सक्छ । अनावश्यक खर्च बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

प्रेम सम्बन्धमा सफलता मिल्नेछ । स्कीनसम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ। धन लाभ र मनग्ये अर्थ सञ्चय गर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटबीच स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च लागे पनि कामतर्फ सकरात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केही बस्तु त्याग्नु पर्ने हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अस्वस्थ्यताले लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु पर्नेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले किर्तिमानी दिलाउनेछ । पेसामा प्रसस्त लाभ रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ रहला । क्षेत्रबाट हानी नोक्सानी होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वस्त्र तथा आभूषणबाट प्रसस्त लाभ रहला । कृषि क्षेत्रबाट हानी नोक्सानी होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेम सम्बन्धमा सफलता मिल्ला । यात्रा सफल रहला । मिष्ठान्न भोजन प्राप्त होला ।