१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को अवसरमा विद्यार्थीहरुले कविता वाचन गरेका छन् ।

प्रतियोगितात्मक कविता वाचनमा जगन्नाथ डेडराज जनता माविकी छात्रा निर्मला कार्की प्रथम भइन् । सोही विद्यालयका शोभा खड्का दोस्रो र अनिस खड्का तेस्रो भए । 

बराहक्षेत्र ३, ४ र ५ का १६ प्रतिनिधि विद्यार्थीले कविता सुनाए ।

विजयीले डायरी र कलम प्राप्त गरेको सहजकर्ता कल्पना कार्कीले जानकारी दिइन् । ‘परिवर्तनका संवाहक’ नामक केन्द्रका सहभागी कविता वाचन गर्दा उत्साहित देखिए ।

paribartankasambahak1

सहभागी अनिसा खड्काले साहित्य क्षेत्रमा धेरै कार्यक्रम नभइरहेको अवस्थामा कार्यक्रमलाई अवसरका रुपमा लिएको बताइन् । 

बराहक्षेत्र नगरपालिकाको समन्वय, प्लान इन्टरनेश्नल नेपालको सहयोग तथा युथ क्रियशन सुनसरीको आयोजनामा स्थानीय बीपी आधारभूत विद्यालयमा कविता वाचन कार्यक्रम भएको थियो । 

वडा नं. ३ की जनप्रतिनिधि निर्मला राजधामीले सभाध्यक्षता गर्दै यस्ता कार्यक्रमले सकारात्मक उर्जा थपिने बताइन् । 

बराहक्षेत्र वडा नं. ३, ४, ९ र १० मा ‘परिवर्तनका संवाहक’ नामक ४ वटा केन्द्र सञ्चालनमा छ । केन्द्रले कक्षागत ज्ञानभन्दा फरक विषयमा छलफल चलाउँदै आएको छ । केन्द्रमा जम्मा ३७५ जना विद्यार्थी छन् ।

paribartankasambahak2