भद्रपुर। प्रदेश नम्बर १ मा ५० वटा बिओपी पुर्याउने लक्ष्य लिएको सशस्त्र प्रहरीले झापामा एकैदिन पाँचवटा बोर्डर आउट पोस्ट(बिओपी) उद्घाटन गर्ने भएको छ । झापामा रहेको १४४ लशमलव २ किलोमीटर खुला सीमा रहेको छ । सीमामा हुने अवान्छित गतविधिलाइ नियन्त्रण गर्ने उद्देश्य लिएर सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशीराज दाहालले सक्रियता देखाएका छन् । 

पाठामारी, ज्यामिरगढी र भद्रपुर गरी झापामा तीन वटा नयाँ बिओपी स्थापना भइसकेका छन् । डिआइजी दाहालले आइतबार झापाको नकलबन्धा छोटी भन्सारमा एक कार्यक्रमकाबिच पन्थापाडा, तिरिङ्, महेशपुर,आँपगाछी र नकलबन्धा बिओपी उद्घाटन गर्नेछन् । 

सरकारको सीमा सुरक्षा योजना बमोजिम यस आर्थिक वर्षमा थप ११४ वटा बिओपी स्थापना गरी २२१ वटा पु¥याउने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी  दाहालले जनाएका छन् । 

 प्रदेश नम्बर १ मा ५० वटा बिओपी पु¥याउने लक्ष्य रहेकोमा अब ३ वटा बाँकी रहेको उनले जनाए । हाल सम्म प्रदेश १ मा ४२ वटा बिओपी स्थापना भइसकेको उनको भनाइ छ ।