धनकुटा। धनकुटाका कम्प्युटर व्यावसायीहरु पहिलो पटक फेडेरेशन अफ कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नामक संस्था मार्फत संगठित भएका छन् । 

जिल्लामा रहेका कम्प्युटर सप्लायर्स, व्यावसायी तथा इन्स्टिच्युट संचालकहरुको सनिवार सम्पन्न संयुक्त भेलाले धनकुटाका युवा कम्प्युटर व्यवसायी विजयशेर श्रेष्ठलाई क्यानको धनकुटा जिल्ला अध्यक्षमा चयन गरेको छ । 

क्यान महासंघका केन्द्रिय महासचिव ठाकुर कुमार श्रेष्ठको प्रमुख आतित्थ्यमा सम्पन्न  प्रथम जिल्ला भेला तथा अधिवेशनले उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः सुवास मगर, दिपक घिमिरे, प्रकाश निरौला र उमा दाहाललाई चयन गरिएको छ । सात सदस्यीय जिल्ला कार्य समितिको सदस्यहरुमा दिनेश राई र शिशिर श्रेष्ठलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष विजयशेखर श्रेष्ठले ब्लाष्टलाई जानकारी दिए । 

नवनिर्वाचित अध्यक्ष विजयशेर श्रेष्ठको अध्यक्षतामा सम्पन्न क्यान महासंघको प्रथम जिल्ला भेलाको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै केन्द्रिय समितिका महासचिव ठाकुर कुमार श्रेष्ठले एक व्याक्ति १ ल्यापटपले संसार चलाउन सकिने दावी गरे । उनले पछिल्लो समयमा कम्प्युटर मानव जीवन र जगतको लागी नभै नहुने वस्तुको रुपमा सावित भएको वताए । सूचना र प्रविधिको आधुनिक संसारलाई नजिकबाट निङाल्न कम्प्युटर अपरिहार्य भएको वताए ।

सो अवसरमा क्यान प्रदेश महासंघका अध्यक्ष भवकृष्ण तिम्सीना र आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले नवनिर्वाचित क्यानका पदाधिकारी एवं सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।