ब्लाष्टखबर । धरान–२० मा निर्मित बीपी कोइरालाको पूर्ण कदको सालिक शुक्रबार अनावरण गरिएको छ । परिवर्तनशील समाज नेपाल धरानको आयोजनामा भएको कार्यक्रममा नेता पौडेलले बीपीको सुनौलो रङको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।
जहानियाँ राणा शासनविरुद्ध मोरङको विराटनगरस्थित जुटमिटमा आन्दोलन गर्ने क्रममा बीपीसहित अन्य नेता कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका नेताहरूलाई धरानको फुस्रेमा एक दिन राखेर पैदलै धनकुटा हुँदै काठमाडौं पुर्याइएको थियो ।
उनीहरूलाई धरानमा एक रात राखेको स्थानमा सालिक निर्माण गरिएको निर्माण समितिका संयोजक पूर्ण राईले जानकारी दिए । उनका अनुसार १६ लाख ७३ हजार ६ सय ५ रुपैयाँमा सालिक निर्माण सम्पन्न गरिएको हो । त्यसक्रममा नेता पौडेलले सालिकसँगै सङ्ग्रहालय बनाउनु पर्नेमा जोड दिए ।