मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा भुमि सम्बन्धी समस्या सामाधन आयोग २०७६ को मातहतमा भुमीहिन दलित, भुमिहीन सुकुम्बासी, र अव्यवस्थीत बसोबासीहरुलाई लालपुर्जा वितरणका लागि बिहिबार बाट तथ्याङ्क संकलन कार्य शुरु भएको छ । 

मिक्लाजुङ गाउँपालिका वडा नं. ९ वटै वडामा घर घरमा गई तथ्याङ्क संकलन कार्य शुरु गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौलाले बताए । 

मिक्लाजुङ गाउँपलिकाका ९ वटै वडाहरुमा भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थती बसोबासीहरुलाई  आफ्नो यथार्थ विवरण सहित निवेदन दिन भनी ९ वटै वडा कार्यालयहरुले सुचना प्रकाशन गरेका थिए  ।

नागरिकहरुको माग निवेदनका अधारमा पहिलो चरणमा आम समुदायको निवेदन संकलन र माग निवेदनको आधारमा वडागत रुपमा तथ्याङ्क संक्लन र प्रमाणी करणको काम गरिने वडाध्यक्ष बुद्धीलाल निरौलाले बताए । 

भुमि सम्बन्धी समस्या सामाधन आयोग २०७६ को मातहतमा रहि नेपाल सरकारले अधिराज्य भरिका सबै स्थानीय तहहरुमा तथ्याङ्क संकलन र लगत प्रमाणिकरणको कार्यहरु गरि रहेको अवस्थामा मिक्लाजुङमा पनि बिहिबार बाट तथ्याङ्क संकालनको कार्य सुरु भएको हो ।

दशकौं देखी  जमीनमा भोगचास गरि आएका  तर हातमा लाल पुर्जा नभएका अव्यवस्थीत बसोबासीका घरघरमा तथ्याङ्क संकलकहरु आएर तथ्याङ संकलन गर्न थालेपछी केही आसाका किरणहरु छाएका छन । यस्तै भुमिहिन दलित र भुमिहिन सुकुम्बासीहरुले पनी लालपुर्जा सहितको बास स्थान पाउनेमा आसाबादी छन ।

पहिलो चरणमा वडागत रुपमा निवेदन माग गरिएको र यसले मिक्लाजुङमा के कती भुमिहीन दलित, भुमिहिन शुकुम्बासी र अव्यवस्थीत बसोबासी रहेको यकिन हुने मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।

वडा बाट आएका वडागत विवरणहरुलाई गाउँपालिकाले आयोगमा पठाउने आचार्यले बताए ।  नागरीकहरुको  माग निवेदनकै आधारमा वडागत तथ्याङ्क संकलन र प्रमाणिकरणका कार्यहरु हुने छन ।

वडागत रुपमा तथ्याङ्क संकलन र प्रमाणीकरण गर्नका लागि मिक्लाजुङ गाउँपालिकाकोे प्रत्येक वडामा वडाध्यक्षको अध्यक्षतामा वडासदस्यहरु र थप दुई जना  मनोनीत सदस्य सहित ७ सदस्यीय  समिति रहेको छन । 

वडागत रुपमा संकलन गरिने तथ्याङ्क, त्यसको नाप जाँच र प्रमाणीकारका लागि समेत गाउँपालिकाले प्रावीधीक सहितको टोलीको समेत तयारी गरीसकेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।