मधुमल्ला। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको मावा नुनसरी सामुदायीक बन उपभोक्ता समुह मिक्लाजुङमा जगत बस्नेतको अध्यक्षतमा सर्बसहमत २१ सदस्यिय नयाँ कार्य समिति चयन भएको छ ।
कार्य समितिको उपाध्यक्षमा सुनिता थक्सु, सचिवमा शान्त लामा, कोषाध्यक्षमा ओमनाथ प्याकुरेल, सहसचिवमा कृष्ण लिम्बु तथा आपुर्ति संयोजकमा बालकृष्ण श्रेष्ठ चयन भएका छन ।
यसैगरी सोही सभाले कोमलप्रसाद ढकालको संयोजकत्वमा तिन सदस्यीय लेखा सुपरीवेक्षण तथा अनुगमन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा बालकुमार भण्डारी र भगीन्द्रराज भण्डारी रहेकाछन ।
गत माघ १३ गते सो समुहको १७ औ बार्षिका साधाण सभा तथा ९ औं अधिवेसनको खुल्ला सत्र सम्पन्न भएको थियो । सोही दिनको बन्दसत्रले ३ सदस्यिय निवार्चन मण्डलको चयन गरेको थियो । त्यस पछी निवार्चन मण्डलले सहमतीय प्रक्रियाका आधारमा सर्वसहमत रुपमा समिति चयन गरेको निवार्चन मण्डल संयोजको मानबहादुर राईले बताए
सो बन समुहले मोरङ जिल्ला स्थित मिक्लाजुङ गाउँपालिकाका वडा नं.–७, ८ र ९ र ईलाम जिल्लाका चुलाचुली गाउँपालिकाको वडा नं.–६ का उपभोक्ताहरुको हक हित र बन संरक्षणका क्षेत्रमा कार्य गर्दै आएको सो अवसरमा जानकारी गराईएको थियो ।