नेपाल पत्रकार महासङ्घ सुनसरीले शुक्रबार १२ औं साधारण सभा इटहरीस्थित तालतलैयामा सुरु गरेको छ ।
महासङ्घ सुनसरीले साधारण सभामा पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको सम्मान तथा नया पत्रकारहरुको स्वागत कार्यक्रम समेत राखेको छ ।धरान उपमहानगरपालिकाद्वारा प्रदान गरिने फेलोशिप वापतको रकम समेत पत्रकारहरुलाई प्रदान गरेको छ ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश बिष्टको प्रमुख आतिथ्यतामा जारी साधारण सभामा सुनसरीका स्थानीय तहका प्रमुख, पत्रकारको हक अधिकार सम्बद्ध सस्थालगायतको सहभागितामा रहेको छ ।


